सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा कोरोना बीमा दाबी भुक्तानी रकम हस्तान्तरण

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ बैशाख १४, मंगलबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख १४, काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले विश्वव्यापी फैलिरहेको महामारी कोभिड–१९ विरुद्ध आफ्ना अभिकर्ताहरुको बीमा दावी भुक्तानी रकम हस्तान्तरण गरेको छ । नेपाल कम्पनीले मापदण्ड पुगेका ८ जना कोरोना पीडित अभिकर्ताहरुलाई कोरोना बीमाको  दाबी भुक्तानी रकम जनही ५० हजार हस्तान्तरण गरेको हो ।

कम्पनीले साई बाबा रेमिट, चाबहिलका हरी कुमार श्रेष्ठ, अनलाइन सब रेमिट, काठमाडौंका दीपेन्द्र ढकाल, आनन्द मनी ट्रान्सफर, झापाका आनन्द थापा, डेस्टिनेशन डेलिभरी सर्भिस, कास्कीका लीला भट्टराई, मध्यबिन्दु ट्रेड सेन्टर, नवलपुरका गोपाल सिर्पाली, कलश मनी ट्रान्सफर, सुनसरीका कुल बहादुर भारती, जिमिरेभर मनी नेटवर्क, परासीका शेर बहादुर गुरुङ र  हीरा इन्टरप्राइजेज, नवलपुरका कृष्ण गिरी गरी ८ जाना लाई चेक हस्तान्तरण गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस