सरकारले अक्सिजन सिलिण्डर लगायतका मालवस्तुमा कर छुट दिने निर्णय

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ बैशाख १६, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १६, काठमाण्डौ । सरकारले अक्सिजन सिलिण्डर लगायतका मालवस्तुमा कर छुट दिने निर्णय गरेको छ । कोभिड १९ सँग सम्बन्धित विषयमा कर छुटको निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बुधबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी गराए । त्यस्तै सरकारले कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि वैशाख १६ गते बिहान ६ बजेदेखि लागु हुनेगरी १५ दिनसम्म सार्वजनिक आवागमन तथा बजार सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

प्रवक्ता गुरुङका अनुसार प्रत्येक जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र पहाडी र हिमाली जिल्लाको हकमा २०० र उपत्यका र काठमाडौं उपत्यकाको हकमा ५०० सङ्क्रमित संख्या पुगेमा २०७८ वैशाख १६ देखि बिहान ६ बजेदेखि लागु हुनेगरी १५ दिनसम्म लागू हुनेगरी सार्वजनिक आवागमन, बजार सञ्चालन तथा अन्य सबै किसिमको वस्तु र सेवाको आपूर्ति र सञ्चालनमा आवश्यक निषेध आदेश जारी गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारीले आवश्यकता अनुसार स्थानीय प्रशासन ऐन २०१८ ले दिएको अधिकार समेत प्रयोग गर्नसक्ने उनले बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस