सगरमाथा आरोहणमा ४२ आरोही समूहले लिए अनुमति

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७८ बैशाख १६, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १६, काठमाण्डौ । सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि ४२ आरोही समूहका ३९४ जनाले आरोहण अनुमति लिएका छन् । यो सङ्ख्या सन् २०१९ को वसन्त यामको भन्दा बढी हो । उक्त वर्षको वसन्त याममा सगरमाथा आरोहणका लागि ४१ आरोही समूहले आरोहण अनुमति लिएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका पर्यटन विभागले हालसम्म जारी गरेको पर्मिटमा सगरमाथाका लागि सर्वाधिक ४२ आरोही समूह छन् । अझै केही दिन आरोही आउने भएकाले यो सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

विभागका अनुसार सगरमाथाका लागि ४२ सहित ८२ आरोही समूहका ७२३ आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथापछि सबैभन्दा बढी ल्होत्से हिमाल आरोहणका लागि १३ आरोही समूह छन् । धौलागिरिमा पाँच र अन्नपूर्ण हिमालमा आठ आरोही समूहले आरोहणको अनुमति पाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस