कर्णाली प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयता सपथ ग्रहण

बैशाख १६, सुर्खेत । कर्णाली प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयता सपथ ग्रहण गरेका छन् । एमालेले कार्वाही गरे पछि उनीहरुको सांसद पद रिक्त भएसँगै मन्त्री पद पनि गुमेको थियो । प्रदेश सभा सदस्य पद रिक्त भएपछि मन्त्री पद गुमेकोले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले फेरि उनीहरुलाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।

बुधबार एक समारोहमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही, भौतिक पूर्वाधार विकासमन्त्री अमरबहादुर थापा र उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढालाई पद तथा गोपनीयताको सपथ खुवाएका छन् । मुुख्यमन्त्री शाहीले बैशाख ४ गते उहाँहरुलाई मन्त्री पदमा नियुक्त गरेका थिए ।

 

 

संम्बन्धित समचार

Leave a Reply