आजको शेयर बजार धमाका : नेप्से २५.८३ अंकले बढ्दा कारोबार साढे ४ अर्ब नजिक [बिस्तृत हेरौँ]

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ बैशाख १६, बिहिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख १६, काठमाडौ । आज नेप्से दोहोरो अंकले उकालो लागेको छ । आज नेपाल स्टक एक्सचेन्ज परिसूचक २५.८३ अंकले बढेर २६११.११ विन्दुमा कायम भएको छ । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.९१ अंकले बढेर ४६९।०३ विन्दुमा कायम भएको छ ।

आज कूल २१७ वटा कम्पनीका ९८ लाख १८ हजार ४६ कित्ता सेयर ५० हजार ६७३ पटक खरिद बिक्री भई चार अर्ब ३५ करोड ७० लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज महिला लघुवित्त वित्तीय संस्था लिमिटेड र सिंगटी हाइड्रो इनर्जी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै १०।१० प्रतिशतका दरले कमाएका छन् । श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता २.८२ प्रतिशतका दरले गुमाएका छन् ।

आज एसीसी बैंक लिमिटेडको सबैभन्दा धेरै ३० करोड ९६ लाख ९४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सङ्ख्यात्मक आधारमा पनि एनसीसी बैंक नै अगाडि रह्यो । आज उक्त बैंकका आठ लाख ८४ हजार २४८ कित्ता सेयर किनबेच भएका थिए ।

 

 

 

ताजा अपडेट

खोजी गर्नुहोस