भारतमा कोरोनाबाट एकैदिन ३६ सय धेरैको मृत्यु, ३ लाख ८६ हजार बढीमा सङ्क्रमण !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ बैशाख १७, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १७, काठमाण्डौ । भारतमा कोरोना सङ्क्रमणबाट एकैदिन ३६ सयभन्दा धेरैको मृत्यु भएको छ । यूके भेरियन्ट र भारतमै देखिएको नयाँ भेरियन्टसहित कोरोना महामारीको दोस्रो लहर खेपिरहेको भारतमा २४ घण्टामै ३५ सयभन्दा धेरैको ज्यान गएको हो । यस्तै एकैदिन तीन लाख ८६ हजार आठ सयभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

एकैदिन सङ्क्रमण पुष्टि र ज्यान गुमाउनेको सङ्ख्या यो अहिलेसम्मकै धेरै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सङ्क्रमण पुष्टि हुने क्रमसँगै अस्पतालमा भर्ना हुने दर पनि बढेकाले अस्पतालमा बेड, अक्सिजन तथा भेन्टिलेटरको चरम अभाव भइरहेको छ । यसैबीच ब्राजिलमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा २८ सय ४३ जनासहित ब्राजिलमा अहिलेसम्म चार लाख एक हजार एक सय ८६ जनाको ज्यान गएको हो । भारतपछि ब्राजिलमा पनि महामारीको सङ्कट उत्कर्षमा रहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस