खानेपानी आँगनमै आएपछि धुनिवेशी-४ जिवनपुरका १ सय ४ घरका स्थानियको मुहारमा खुसी !

Post Thumbnail

बैशाख १७, धुनिबेशी । बज्रकोट खानेपानी योजनाको उद्घघाटन तथा स्वमित्व हस्तान्तरण बिहिबार सम्पन्न भएको छ । धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ४ जिवनपुरको बज्रकोटमा डिपबोरिङ खानेपानी स्थानियको घर–घर सम्म आएपछि १ सय ४ घरका स्थानियको मुहारमा खुसी छाएको छ ।

विहिबार मात्र बज्रकोट डिपबोरिङ खानेपानी सरसफाइ उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । बेलायत सरकारको पुर्णिामा कार्यक्रमको आर्थिक सहयोगमा अक्सफाम, प्रयास नेपाल धादिङ र धुनिबेशी नगरपालिकाको साझेदारीमा सञ्चालित बज्रकोट डिपबोरिङ खानेपानी उपभोक्ता समितिलाई निर्माण सम्पन्न भए पछि स्वामित्व हस्तान्तरण गरिएको हो ।

खानेपानी आयोजना सम्पन्न गरी नगरपालिकाका प्रमुख,उपप्रमुख सहित उपभोक्ताहरूको उपस्थितिमा अक्सफार्म तथा प्रयास नेपालबाट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई विधिवत रूपमा स्वामित्व हस्तान्तरण गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए ।

निर्देशक अर्यालका अनुसार धुनिबेशी नगरपालिका वडा नम्बर ४ बज्रकोटका १सय ४ घरधुरीमा एक घर एक धारा मार्फत वितरण गरिएको हो । खानेपानी आयोजनाको कुल लागत ९३ लाख ६१ हजार ३ सय ९९ रूपैयाँ सम्पन्न गरिएको पनि कार्यकारी निर्देशक दामोदर अर्यालले बताए । १ सय ४ धारा मार्फत ४ सय ६४ भन्दा बढि नागरिकले खानेपानी उपभोग गर्न पाएको कार्यपालिका सदस्य रिता अधिकारी रेग्मीले बताए ।

नगरपालिकाका उपमेयर निरु खरेलले चुनावको बेलामा नागरिकले माग गरेको खानेपानी जिवनपुरवासीलाई उपभोग गर्न सक्ने गरि घर–घरमा धारो निर्माण प्रकृयामा सहयोग गरेकोमा प्रयास नेपाललाई धन्यवाद दिईन् ।
नगरपालिका प्रमुख बालकृष्ण आचार्यले आफु निर्वाचित भएपछि डिपबोरिङबाट नागरिकलाई घर–घरमा खानेपानी उपलब्ध गराउन पाएकोमा खुशी ब्यक्त गरेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस