‘सरकारले श्रमको सम्मान र मर्यादित कामको अवधारणालाई प्रबर्धन गरेको छ’: प्रधानमन्त्री ओली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख १८, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १८, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमको सम्मान र मर्यादित कामको अवधारणालाई सरकारले प्रवद्र्धन गरिरहेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीप्रति शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् । उनले भने, “औपचारिक कि अनौपचारिक क्षेत्र भन्ने विभेदलाई कानुनी रूपमा अन्त्य गरेका छौँ । यसरी हामीले अनौपचारिक क्षेत्रलाई औपचारीकरण गर्ने प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गरेका छौँ ।”

सबै श्रमिकलाई सामाजिक सुरक्षाको विधिद्वारा पुनरपरिभाषित गरेको उनले बताए । श्रम लचकता र सामाजिक सुरक्षाबीच उचित सन्तुलन सुनिश्चित गरिएको पनि उनले स्पष्ट पारे ।

ताजा अपडेट

खोजी गर्नुहोस