आगामी वर्षका लागि १३ खर्ब १५ अर्बको बजेट (पूर्णपाठसहित)

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ जेष्ठ १५, मंगलबार (५ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

जेठ १५, काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७५र७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको अनुमानित आय व्यय विवरण सार्वजनिक गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका हुन् । जसमा चालुतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख अर्थात् ६४.३ प्रतिशत र पूँजीगततर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख अर्थात् २३.९ प्रतिशत वजेट विनियोजन गरिएको छ ।

त्यस्तै वित्तीय व्यवस्थातर्फ १ खर्ब ५५ अर्ब ७१ करोड ६० लाख अर्थात ११.८ प्रतिशत बजेट व्यवस्था गरिएको छ ।

बजेटका लागि राजस्वबाट ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख र वैदेशिक अनुदानबाट ५८ अर्ब ८१ करोड ५५ लाख रुपैयाँ जुटाइने अर्थमन्त्रीले उलेख गरेका छन् । त्यस्तै वैदेशिक ऋणबाट २ खर्ब ५३ अर्ब २ करोड ८२ लाख र आन्तरिक ऋणबाट १ खर्ब ७२ अर्ब रुपैयाँ जुटाइने उनले बताएका छन् ।

बजेटको पुर्णपाठ हेर्न तल क्लिक गर्नुहोस

Budget Speech 2075

ताजा अपडेट

खोजी गर्नुहोस