पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु !

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ बैशाख १८, शनिबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

बैशाख १८, काठमाण्डौ । पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ गुम्बाडाँडामा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । पाँचथरको पौवाभञ्याङबाट इलामतर्फ जाँदै गरेको बा ८५ प २२८० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट करिव ५० मिटर तल खसेको थियो ।

दुर्घटना हुँदा चालक फाकफोकथुम गाउँपालिका ३ का १८ वर्षीय किरण राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस