यो साता भरीको सेयर बजार : नेप्से परिसूचक घढ्दो, कारोवार अबस्था कस्तो छ ? [बिस्तृत]

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ बैशाख १८, शनिबार (३ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

बैशाख १८, काठमाण्डौ । यो साता नेपाली सेयर बजार उकालो लागेन । ५ दिनको बजारमा ३ दिन बजार घटेको थियो भने बाँकी २ दिन नेप्सेले उकालो यात्रा तय गरेको थियो । नेप्से परिसूचक ३६ दशमलव ८८ अंकले घटेर २६ सय ११ दशमलव १० विन्दुमा रोकिएको छ । गत साता नेप्से परिसूचक ८७ दशमलव ३९ अंकले घटेर २६ सय ४८ विन्दुमा रोकिएको थियो । यस साता सेन्सेटिभ परिसूचक पनि ७ दशमलव ५८ अंकले घटेर ४ सय ६९ दशमलव ०२ विन्दुमा रोकिएको छ । गत साता सेन्सेटिभ परिसूचक १५ दशमलव ८५ अंकले घटेर ४७६ दशमलव ६ विन्दुमा रोकिएको थियो ।

नेप्से परिसूचकसँगसँगै कारोबार रकममा पनि घटेको छ । गत साता औसतमा दैनिक ६ अर्ब ४६ करोड भन्दा माथीको कारोबार भएकोमा यस साता औसतमा दैनिक ५ अर्ब ४६ करोडको मात्र कारोबार भएको छ । बजार पुँजीकरणको कुरा गर्नुपर्दा गत साता ३६ खर्ब ६६ अर्ब रहेको बजार पुँजीकरण यस साता ४६ अर्बले घटेर ३६ खर्ब २० अर्बमा झरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस