विश्वकप टी–२० क्रिकेट छनोटः आज नेपालले भुटानसँग खेल्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ आश्विन २३, मंगलबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असोज २३, काठमाडौं । मलेसियामा जारी विश्वकप ट्वेन्टी ट्वेन्टी छनोट क्रिकेटमा आजनेपालले भुटानसँग खेल्दैछ ।

समूहमा लगातार तीन जित हात पार्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपाल आजको खेल जित्दै आफ्नो अग्रता अझै बलियो पार्न चाहन्छ ।

भुटानले भने प्रतियोगितामा अहिलेसम्म एक खेल मात्रै जितेको छ ।

सात टोली सहभागी एसियाली समुह बि को छनोट प्रतियोगिताबाट शीर्ष तीन टोली अर्को चरणको छनौटका लागि छानिनेछन् ।

आफ्नो तेस्रो खेलमा नेपालले आइतबार थाइल्यान्डलाई १ सय ४० रनले पराजित गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस