सांग्रिला बैंकले ७५ करोडको ऋणपत्र निष्कासन गर्दै, ३ लाख इकाई सर्वसाधारणले पाउने !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ बैशाख १८, शनिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख १८, काठमाडौ । सांग्रिला डेभलपमेन्ट बैंकलाई ७५ करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ७ लाख ५० हजार इकाई ऋणपत्र बिक्री गर्न बोर्डबाट अनुमति पाएको हो ।

यसमध्ये ३ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी ४ लाख ५० हजार इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघ–संस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक ९ प्रतिशत ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर “२०८७” नाममा ऋणपत्र जारी गर्न लागेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस