कर्णालीका लागि नियमित उडान शुरु

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ आश्विन २३, मंगलबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

असोज २३, काठमाडौं । नेपाल एयरलाइन्सले कर्णालीका जिल्लामा सोमबारदेखि नियमित उडान शुरु गरेको छ ।

हुम्लाको सिमीकोट, जुम्लाको खलङ्गा र रुकुमको सल्ले विमानस्थलमा उडान गरेसँगै नेपाल एयरलाइन्सले नियमित उडान शुरु गरेको हो ।

नेपाल एयरलाइन्सको एउटा जहाज नेपालगञ्ज विमानस्थलमै राखेर कर्णालीवासीलाई नियमित हवाई सुविधा दिने व्यवस्था गरिएको नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए। जहाजमा खराबी र पाइलट नभएको समस्या देखाउँदै नेपाल एयरलाइन्सले एक महीनादेखि कर्णालीमा नियमित उडान गर्न सकेको थिएन ।

सोमबार नेपाल एयरलाइन्सले डोल्पाको जुफाल, मुगुको ताल्चा, रुकुमको सल्ले र बाजुरा उडान गरेको विमानस्थल प्रमुख ठाकुरले जानकारी दिनुभयो । कर्णालीवासीका लागि जिल्लाबाहिर आवतजावत गर्ने भरपर्दो माध्यम जहाज नै भएकाले नेपाल एयरलाइन्सको नियमित उडानसँगै कर्णालीवासीलाई राहत मिल्ने भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस