नेपाल समूहका थप तीन जनालाई स्पष्टीकरण !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख २०, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख २०,काठमाडौँ । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको बरिष्ठ नेता माधवकुमार नेपाल समूहका थप तीन जनालाई स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ओलीको निर्देशनमा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले गंगा चौधरी, कलिला खातुन र समीना हुसेनलाई स्पष्टीकरण सोधेका हुन् ।

तीनै जनालाई सामाजिक सञ्जाल म्यासेञ्जरबाट स्पष्टीकरण सोधिएको छ । यसअघि नेता नेपालसहित २७ जनालाई इमेलमार्फत स्पष्टीकरण सोधिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस