नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न सम्झौता

नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ति) गर्ने भएको छ । बैंकका मर्जर कमिटीका संयोजक उदय कृष्ण उपाध्याय र फाइनान्सका मर्जर कमिटीका संयोजक मनिषकुमार खेमकाले प्राप्तीका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। नबिलले युनाइटेडलाई रु ३५ स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो। प्राप्तिपछि युनाइटेड फाइनान्सको सम्पूर्ण कारोबार नबिलकै नाममा हुने र संचालक समिति पनि नबिल बैंककै रहने गरि सम्झौता भएको छ।

उक्त सम्झौता पश्चात प्राप्तिका लागि नेपाल राष्ट्र बैंकमा स्विकृतिका लागि प्रकृया अगाडि बढाइने र समयमै स्विकृति पाएमा यथा सिघ्र संयुक्त काराेवार नबिल बैंकले गर्ने बताइएको छ।

सोहीअनुसार नबिल बैंकको शाखा सञ्जालबृद्धि भइ १४७ हुने बैँकले जनाएको छ। नबिल बैंकले मर्जर तथा प्राप्ति प्रकृयामा जान पहिलो पटक यस वर्षको साधारण सभाबाट पारीत गरेको थियो र प्राप्ति सम्झौताको घोषणा पनि गरेको छ। यो प्राप्तिसँगै नबिल बैंकले बजारमा आफ्नो नविन सेवा र थप शाखा सञ्जालमार्फत नयाँ रणननीति अनुसार बजारमा उपस्थित हुने जनाएको छ।

संम्बन्धित समचार

Leave a Reply