सिटी एक्सप्रेस अष्ट्रेलियाबाट कोभिड–१९ का लागि अत्यावश्यक रकम ३० मिनेटमै निःशुल्क पठाउन सकिने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ बैशाख २०, सोमबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

बैशाख २०, काठमाण्डौ । सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाले  नेपालमा पुनः देखिएको कोभिड – १९ लाई मध्येनजर गर्दै विशेष किसिमको सुविधा ल्याएको छ । कम्पनीले अष्ट्रेलियाबाट नेपालमा रहेका आफ्ना परिवारलाई अत्यावश्यक रकम पठाउदा कुनै शुल्क नलाग्ने  तथा  पठाइएको रकम  ३० मिनेट भित्र तुरुन्तै पु-याउने योजना ल्याएको हो । सिटी एक्सप्रेस मनि ट्रान्सफरका ग्राहकवर्गले रकम पठाउदा नेपाल  भरी रहेका जुनसकै बैंकको खातामा रकम जम्मा गर्न सकिन्छ ।

रकम पठाउनका लागि सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाको एप डाउनलोड गरी अथवा सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाको  वेब साइट (www.cityexpressmoneytransfer.com.au) बाट पठाउन सकिन्छ । कोभिड – १९ को कारण यस बिषम् परिस्थितिमा सिटि एक्सप्रेस मनि ट्रान्सफरका गा्रहकहरुलाई केहि अत्यावश्यक सुविधा दिने सोच ले योे योजना ल्याएको सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाका डाईरेक्टर समिप कट्वालले जनाएका छन्  ।

हाल अष्ट्रेलियामा सिटी एक्सप्रेस मनि ट्रान्सफर सबै भन्दा छिटो बढ्दै गरेको नेपाली  रेमिटान्स ब्रान्ड बन्दै गएको छ ।  सिटी एक्सप्रेसले नेपालभर छरिएर रहेका आफ्ना १२ हजारभन्दा बढि भुक्तानी केन्द्रहरू मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस