बैशाख २०, काठमाण्डौ । एन आई सी एशिया बैंकले घरमै बसेर विभिन्न अनलाइनमार्फत वैशाख ३१ गतेसम्म अत्यावश्यक सामग्री खरिद गर्दा १५ प्रतिशत वा अधिकतम ५ सयसम्म नगद फिर्ता (क्यास व्याक)को योजना सार्वजनिक गरेको छ ।
नयाँ भेरियन्टको कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि भएको निषेधाज्ञामा विभिन्न अनलाइन माध्यमहरूले दैनिक रुपमा अत्यावश्यक सामग्रीहरू उपभोक्ताहरूको घरमै डेलिभरी गरिरहेको अवस्थामा बैंकले यस्तो योजना ल्याएको हो । बैंकले सस्तो डिल, ग्यापु, रिचार्जर, इन्फी स्टोर, खानपिन फूड र टुर्सबाट दैनिक अत्यावश्यक सामग्रीहरू खरिद गर्दा नगद फिर्ता प्राप्त गर्न सकिने व्यवस्था गरेको छ ।