भुटानलाई नेपालले दियो १५१ रनको चुनौती

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ आश्विन २३, मंगलबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असोज २३, काठमाडौं । सन् २०२० मा आयोजना हुने आईसीसी टीट्वेन्टी विश्वकपको पहिलो चरणको एसियाली छनोट प्रतियोगितामा नेपाल अहिले भुटानसँग प्रतिस्पर्धा गर्दैछ। भुटानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले भुटानसामु १५१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १५० रनको स्कोर बनाएको हो । स्कोर ६ रन हुँदा पहिलो ओभरमा नै विनोद भण्डारीको विकेट गुमाएको नेपालका लागि प्रदीप ऐरी र अनिलकुमार साहले राम्रो साझेदारी गरे ।

नोपलका लागि प्रदीप ऐरीले सर्वाधिक ७५ रन बनाए । ६८ बलको सामना गरेका ऐरीले ६ चौका र २ छक्का प्रहार गरी अविजित रहे अनिलकुमार साहले २७ र दीपेन्द्रसिंह ऐरीले १५, आरिफ शेखले १३, करण केसीले ११ रन बनाए ।

नेपालले प्रतियोगिताको यसअघिका ३ खेलमा सहज निकालेको थियो । म्यानमार र मलेसियालार्इ ८ विकेटले हराएको नेपालले थाइल्याण्डलार्इ डकवर्ड जुइस नियमका आधारमा १४० रनले पराजित गरेको थियो ।

२० ओभरको अन्तर्राष्ट्रिय प्रतियोगितामा भुटानविरुद्ध नेपालको यो पहिलो खेल हो ।

ताजा अपडेट

खोजी गर्नुहोस