बैतडीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, ६ जना घाइते

Post Thumbnail

बैशाख २१, बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । से १ ज १८३ नम्बरको जीप पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ को गणमेस्रमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक हरिशरण भट्टले बताए ।

चट्याङ लागेर ज्यान गुमाएका पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोस्टमार्टमका लागि लिएर सदरमुकाम जाँदै गरेको जीप दुर्घटनामा परेको प्रहरी निरीक्षक भट्टले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस