यी हुन् सर्वाधिक कारोबार गर्ने १० कम्पनी !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ बैशाख २२, बुधबार (३ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

बैशाख २२, काठमाण्डौ । मंगलबार सेयर बजार झिनो अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १.९४ अंकले बढेर २६५४.६९ मा पुगेको छ । बजार झिनो अंकले बढ्दा कारोबार रकमको आधारमा एनसीसी बैंकले सर्वाधिक कारोबार गरेको छ । बैंकले २३ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार गरेको हो ।

त्यसैगरी, अरुण कावेली पावर, ग्रामिण विकास लघुवित्त वित्तीय संस्था, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अपि पावर कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, छिमेक लघुवित्त, युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन डिस्टिलरी र अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कारोबार गर्न सफल भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस