ओलीलाई विश्वास मत नदिने निर्णय, सामूहिक राजीनामा दिने माधव समूहको तयारी !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ बैशाख २२, बुधबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

बैशाख २२, काठमाण्डौ । प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसद्बाट विश्वास मत लिने तयारी गरिरहेकै बेला माओवादीले समर्थनमा मत नहाल्ने निर्णयसमेत गरेको छ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गरेर बनेको नेकपासँग १ सय ६९ सांसद थिए । माओवादी केन्द्रसँग ५३ सांसद रहेकोमा चार जना निलम्बनमा परेका छन् ।

एमालेसँग १ सय २१ रहेकोमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहसँग ३५ भन्दा बढी सांसद रहेको सो समूहले दाबी गर्दै आएको छ । नेपाल समूहले समेत ओलीलाई मतदान नगरी सामूहिक राजीनामा दिने तयारी गरेको स्रोतको दाबी छ ।
२७ वैशाखकै दिन वा एक दिनअघि सामूहिक राजीनामा दिनेबारे नेपाल समूह आन्तरिक छलफलमा छ । ओली समूहसँग ९० भन्दा बढी सांसद रहेको दाबी सो समूहले गर्दै आएको छ ।

जनता समाजवादी पार्टी जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले आफूलाई मतदान गर्ने विश्वास प्रधानमन्त्री ओलीको छ । जसपा संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले ओलीलाई मतदान गर्ने छैनन् । ठाकुर र यादव समूहसँग १७(१७ सांसद छन् । यद्यपि, केही सांसद अहिले पनि गुट परिवर्तन गर्नेक्रम जारी नै रहेकाले संख्यामा केही तलमाथि हुन सक्छ ।

नेपाल समूहसहितका एमाले र जसपाको ठाकुर समूहसमेतले ओली पक्षमा मतदान गरेमा प्रधानमन्त्रीसँग १ सय ३८ सांसद हुनेछन् । यदि नेपाल र जसपाको ठाकुर समूहले मतदान नगरेको अवस्थामा ओलीसँग रहेका सांसद मात्रै रहनेछन् । तर, सरकार जोगाउन प्रधानमन्त्री ओलीलाई १ सय ३४ मत आवश्यक पर्छ ।

२ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा नेकपा एमालेको १ सय २१ सिट छ । कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९ पार्टी छाडेका ४ पदमुक्त भएपछि, जसपाको ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसदको १,१ सिट रहेको छ । कांग्रेसका दुई र जसपाको दुई जना सांसद निलम्बित छन् । राजधानी दैनिका खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस