असोज २३, धादिङ । धादिङमा नेकपा एकिकरण भएदेखी त्यस्तो ठुलो जमघट भएको छैन । दुई पार्टीको एकतापछी कार्यकर्तावीच पनि त्यस्तो भलाकुसारी गर्ने थलो बनेको छैन । यस्तो अवस्था अन्य जिल्लामा पनि कायमै छ । यस्तै अवसरमा जिल्लामा कुनै एक पार्टीलाई भन्दा पनि सबैलाई एकठाँउमा ल्याएर भलाकुसारी गराउने अवसर दिँदैछन धादिङमा कम्युनिष्टको उर्वर भु्मी बनाउने नेता राजेन्द्र पाण्डे ।
गएको चुनावमा देश संघियतातिर गएपछि प्रदेशको सांसद भएका नेता पाण्डेले दशैँको घटस्थापनाको दिन बैरेनीको महेशदोभानमा सबै पार्टीका नेता तथा कार्यकर्तालाई शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम राखेका छन् । कार्यक्रमको बारेमा अनलाईन केन्द्रसंग कुराकानी गर्दै नेता पाण्डेले पार्टी एकतापछि कार्यकर्ताले नेतृत्वसंग बसेर साक्षत्कार गर्न नपाएको र सोही कारण सबैलाई एकैठाँउमा बस्ने अवसर जुराउन लागेको बताए ।
उनले भने–मैले धादिङको बारेमा चिन्ता नलिए कसले लिन्छ रु कुनै समय कम्युनिष्ट भन्दा राज्य लागेर सिध्याउने अवस्थामा जिल्लामा कम्युनिष्ट आन्दोलनलाई गति दिएर नै आज धादिङ कम्युनिष्टको अर्वर थलो बन्यो,सबै साथीहरुले त्यसमा साथ दिनुभयो । कतिजना सहिद हुनुभयो,कतिजना अपाङ्ग हुनुहुन्छ । हामी पनि जेल गर्यौ,कोर्रा खाँयौँ तर जनताको सेवामा लागियो,अझै पार्टी एकताले पुर्णता पाएको छैन,यसको लागी पनि हामी एक ठाँउमा अभिनुको विकल्प छैन ।
नेता पाण्डेले आगामी २४ गतेको जमघटले जिल्लामा नयाँ किसिमको तरङग आउने बताए । उनले सुस्ताएको संगठनले गति लिने बताए । सबैको आग्रह र मेरो मनोभावना अनुसार पनी जिल्लामा यस्तो कार्यक्रमको आयोजना गर्नुपर्छ भन्ने लाग्यो जसले पार्टीका नेता र कार्यकर्तामा नयाँ किसिमको स्फुर्तीको सञ्चार हुन्छ । उहाँहरुको भावनाका मैले कदर गरेको हुँ, उनले भने
आगामी २४ गते विविध सांस्कृतिक कार्यक्रमसहित नेकपाका नेता राजेन्द्र पाण्डेले नेपाली कम्युनिष्ट आन्दोलन र दुई पार्टीको एकताका बारेमा आफ्ना भनाई राख्ने बुझिएको छ । नेकपाकै अन्य नेताहरुको शुभकामना आदानप्रदान हुने बताइएको छ ।