बागमती प्रदेश संसदीय बोर्ड गठन : अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डेसहित १३ सदस्य को-को छन् ?

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ बैशाख २३, बिहिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख २३, काठमाण्डौ । नेता एवं बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा १३ सदस्यीय बोर्ड गठन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी एमाले बागमती प्रदेश संसदीय दलले संसदीय बोर्ड गठन गरेको हो ।

बोर्डको सदस्यमा प्रमुख सचेतक दीपक निरौला, अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, बिजय सुवेदी, शशिजङ थापा, उर्मिला कर्माचार्य, शान्ति थिङ, सरस्वती बाटी, नारायण बहादुर सिलवाल, सीता लामा र प्रदीप कटुवाल रहेका छन् ।

बोर्डको पदेन सदस्यमा दलको सचेतक र उपनेता रहने व्यबस्था छ । हाल सचेतक र उपनेता रिक्त रहेकोले पछि थप हुने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस