आज सुनको मुल्य एक हजारभन्दा बढीले बृद्धि, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ बैशाख २४, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख २४, काठमाडौ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उच्च बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बिहीबार प्रतितोला ९० हजार ६०० रुपैयाँ तोकिएको सुनको भाउ आज शुक्रबार भने ९१ हजार ७०० रुपैयाँमा कारोबार हुनेछ ।

हिजोको तुलनामा आज सुनको भाउ एक हजार १०० रुपैयाँले बढेको हो । सोही परिमाणको तेजावी सुनको भाउ ९१ हजार २०० रुपैयाँ रहेको छ । यता, चाँदीको मूल्यमा समेत उच्च बृद्धि देखिएको छ । बिहीबार तोलामा एक हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले बढेर एक हजार ३५० रुपैयाँ पुगेको हो ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस