ललिता निवास जग्गा प्रकरणका आरोपित बस्न्यातलाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ बैशाख २४, शुक्रबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

बैशाख २४, काठमाडौ । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वसचिव दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले धरौटी वा जमानत दिए लिई तारेखमा छाड्न आदेश दिएको हो । विशेष अदालतले २०७७ मंसिर २८ गते बस्न्यातलाई थुनामा राख्न आदेश दिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस