नेपालमा थप ५० संक्रमितको मृत्यु, ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख २४, शुक्रबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

बैशाख २४, काठमाण्डौ । पछिल्लो २४ घन्टामा ९ हजार १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल २० हजार ४ सय ८२ पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै मुलुकभर कोरोना संक्रमितको संख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको छ । शुक्रवार मात्रै २ हजार ९ सय ५ जना संक्रमित उपचारपछि निको भएका छन् । यससँगै मुलुकभर २ लाख ९५ हजार ३ सय ९५ जना संक्रमित निको भएका छन् । निको भएको दर ७८.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा ५० जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५ सय ७९ पुगेको छ । मन्त्रालयका अनुसार हाल ३ सय ८० जना क्वारेन्टीनमा रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस