यो साताको शेयर बजार : कति अंकले बढ्यो नेप्से परिसूचक ? कारोबार रकमको अबस्था के छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ बैशाख २५, शनिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख २५, काठमाण्डौ । यो हप्ता नेप्से परिसूचक २६ दशमलव ०२ अंकले बढेर २६ सय ३७ दशमलव १३ विन्दुमा रोकिएको छ । गत साता नेप्से परिसूचक ३६ दशमलव ८८ अंकले घटेर २६ सय ११ दशमलव १० विन्दुमा रोकिएको थियो । यस साता ५ दिनको बजारमा ३ दिन बजार घटेको थियो भने बाँकी २ दिन नेप्सेले उकालो यात्रा तय गरेको थियो ।

यस साता सेन्सेटिभ परिसूचक पनि ४ दशमलव ०१ अंकले बढेर ४ सय ७३ दशमलव ०४ विन्दुमा रोकिएको छ । गत साता सेन्सेटिभ परिसूचक ७ दशमलव ५८ अंकले घटेर ४ सय ६९ दशमलव ०२ विन्दुमा रोकिएको थियो ।

यस साता पनि सबैभन्दा धेरै नाफा कमाउनेको सूचीमा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ता नै अग्र स्थानमा छन् । त्यस पश्चात् धेरै कमाउने दोश्रो र तेश्रोमा क्रमश राधी विद्युत कम्पनी लिमिटेड र सींगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस