आज विश्वासको मत लिँदै प्रधानमन्त्री, प्रतिनिधिसभा बैठक आज १ बजे बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख २७, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । राजनीतिक उतारचढावबीच ओलीले विश्वासको मत लिन लागेका हुन् । उनले विश्वासको मत लिन बोलाएको प्रतिनिधिसभा बैठक आज १ बजे बस्दै छ ।

यसका लागि सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीको विश्वासको मत समेटिएको छ । कार्यसूची सार्वजनिक गर्नुअघि सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समिति बैठक राखेका थिए । संसद् बैठकको सुरुवातमा सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनेछन् ।

त्यसपछि उनले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने कार्यतालिका तय भएको छ । आजै पुनः प्रतिनिसभा अर्को बैठक बस्ने र अविश्वास प्रस्तावउपर कारबाही प्रक्रिया अघि बढ्नेछ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागे पनि त्यसका लागि आवश्यक संख्या भने पुगेको छैन । आइतबार अबेरसम्मको राजनीतिक समीकरणअनुसार ओलीको विपक्षमा मत बढी आउने देखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस