प्रधानमन्त्रीलाई प्रचण्डको प्रश्न : विश्वासको मत माग्ने नैतिक अधिकार छ ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख २७, सोमबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख २७,काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘यो सदन र यिनै सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ र ?’ भनेर प्रश्न गरेका छन् । प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी राखेको प्रस्तावमाथि छलफलमा भाग लिँदै प्रचण्डले ओलीलाई गत पुस ५ मा प्रतिनिधिसभा विघटन गरेको स्मरण गराए ।

समर्थन छिटो फिर्ता लिए फेरि संसद विघटन गर्ने हो कि भन्ने डरले मात्र आफूहरु रोकिएको उनले बताए । अहिले विश्वासको मत लिन आउनु नाटकीय भएको भन्दै उनले भने, ‘के महसुस गर्नुभयो र विश्वासको मत लिन अगाडि आउनुभयो ?

नीति तथा कार्यक्रम र बजेटका लागि नियमित अधिवेशन बोलाउनुपर्ने बेला विश्वासको मत लिन विशेष अधिवेशन बोलाउनु पनि सन्देहात्मक भएको उनले बताए । प्रचण्डले अघि भने, ‘नियमित अधिवेशन बोलाएर त्यसमै विश्वासको मत लिए हुन्त्यो तपाईंले यो सब छल्न यो (विशेष अधिवेशन) बोलाएको त होइन ?’

ताजा अपडेट

खोजी गर्नुहोस