आज नेप्सेमा सवा २ करोड शेयर सूचीकृत, कुन-कुन कम्पनी छन् ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ बैशाख २७, सोमबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

बैशाख २७, काठमाण्डौ । शेयर बजारमा सवा २ करोड शेयर थपिएको छ । सोमबार प्राइम कमर्सियल बैंकसहित विभिन्न तीन कम्पनीको २ करोड १३ लाख ११ हजार कित्ता शेयर थपिएको हो । नेपाल स्टक एक्सचेञ्ज नेप्से मा प्राइम बैंक, साहारा विकास बैंक र गणपति लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो ।

प्राइम बैंकको २ करोड ९ लाख ७७ हजार ८७४.२५ कित्ता बोनस शेयर, साहारा विकास बैंकको १ लाख ६७ हजार ८८८.०४ कित्ता र गणपति लघुवित्तको १ लाख ६६ हजार ११७.५० कित्ता बोनस सेयर सूचीकृत भएको हो । अब सबै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदबिक्री गर्न सक्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस