बलात्कारको गलत रिपाेर्ट दिने दुई चिकित्सक निलम्बनमा

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ आश्विन २५, बिहिबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असोज २५, जनकपुर । बालिका बलात्कारको घटनामा गलत रिपोर्ट दिने जनकपुर अञ्चल अस्पतालका दुई जना चिकित्सकको लाइसेन्स निलम्बन गरी चिकित्सकीय अभ्यासमा बन्देज लगाइएको छ।

नेपाल मेडिकल काउन्सिलले जनकपुर अञ्चल अस्पतालका डा.रम्भा गोइत र डा.विजयकुमार सिंहलाई अर्को निर्णय नभएसम्मका लागि व्यावसायिक प्रमाणपत्र निलम्बनसँगै बिरामी जाँचमा बन्देज लगाएको हो।

काउन्सिलका प्रवक्ता डा.कृष्णप्रसाद अधिकारीले डाक्टरद्वय गोइत र सिंहले बलात्कार पीडित बालिकाको शारीरिक जाँच गर्दा न्यूनतम चिकित्सकीय आचरण तथा व्यवहारविपरीत मेडिकल रिपोर्ट दिएको ठहर गर्दै व्यावसायिक प्रमाणपत्र निलम्बन गरी चिकित्सकीय गतिविधिबाट वञ्चित गराएको जानकारी दिए।

ती दुवै चिकित्सकले बिरामी जाँचे काम गरे नयाँ मुलुकी संहिताको फौजदारी कानुनअनुसार कारबाही हुनसक्ने डा.अधिकारीले जनाए।

काउन्सिलका सदस्य डा. कालुसिंह खत्रीको संयोजकत्वमा फरेन्सिक विशेषज्ञ प्रा. डा. हरिहर वस्ती, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. मधु तुम्बाहाम्फे र स्वास्थ्य मन्त्रालयका कानुन उप–सचिवसहितको छानबिन समितिले गत मंगलबार बुझाएको प्रतिवेदन तथा व्यावसायिक आचरण समितिको सिफारिस उपर बहस छलफलपछि उक्त निर्णय गरिएको जनाइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस