साहस ऊर्जाको एक अर्ब पाँच करोडको आइपीओ आउँदै, कति दिने आवेदन ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ बैशाख ३०, बिहिबार (३ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

बैशाख ३०, काठमाडौं । साहस ऊर्जा कम्पनीले एक अर्ब पाँच करोड रुपैयाँ बराबरको एक करोड पाँच लाख कित्ता आइपीओ निकाल्ने भएको हो । गत चैतमा कम्पनीले आइपओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो । आइपीओ निष्काशन अनुमतिका लागि प्रक्रियामा रहेको कम्पनीले बोर्डबाट अनुमति पाउना साथ आइपीओ निष्कासन गर्ने जनाएको छ । उक्त कम्पनीले संङखुवासभामा ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

उक्त आयोजनाको निर्माण लागत करिब ११ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । यस अनुसार आयोजनाको लागत प्रति मेगावाट साढे १३ करोड रुपैयाँ हाराहारी मात्रै रहेको छ । वार्षिक ५२० गिगावाट आवर विद्युत ऊर्जा उत्पादन गर्ने आयोजनाले सुख्खायाममा १०० गिगावाट र वर्षायाममा ४२० गिगावाट आवर ऊर्जा उत्पादन गर्ने छ । जसबाट आयोजनाले वर्षायाममा एक अर्ब ९२ करोड र सुख्खा याममा ८४ करोड गरि वार्षिक दुई अर्ब ८६ करोड रुपैयाँको विद्युत बिक्रि गर्ने छ ।

प्रति मेगावाट लागत पनि कम र ऊर्जा उत्पादन पनि आकर्षक रहेको आयोजनाको क्रेडिट रेटिङ पनि सकारात्मक रहेको छ । आयोजनाले इक्रा एनपी बीबीं रेटिङ पाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस