चौलागाईको निधन प्रति एमाले निकट युवा संघ नेपालद्धारा दुःख ब्यक्त

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ बैशाख ३०, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख ३०, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी एमाले निकटको युवा संघ नेपालले संघका पुर्व अध्यक्ष पशुपति चौलागाईको निधन प्रति शोक व्यक्त गर्दै उनको सम्मानमा तीन दिनसम्म संघको झण्डा आधा झुकाउँने, सम्पुर्ण कार्यालयहरु बन्द गर्ने र सात दिनसम्म संघको कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ ।

संघका अध्यक्ष नरेश शाहीले आज एक शोक बक्तव्य जारी गर्दै यस्तो निर्णय भएको जानकारी दिएका छन् । ‘संघका पुर्व अध्यक्षको निधनको यस दुखत घडीमा क।पशुपति चौलागाई प्रति सम्मान गर्दै ३ दिन सम्म संघको झण्डा आधा झुकाउने, सम्पुर्ण कार्यालयहरु बन्द गर्ने र ७ दिन सम्म संघका कुनैपनि औपचारिक कार्यक्रमहरु नगर्ने निर्णय गरिएको छ’ शाहीद्धारा जारी बक्तव्यमा भनिएको छ ।

एमालेका पोलिटब्युरो सदस्य समेत रहेका चौलागाई बागमती प्रदेशसभाका सांसद समेत थिए । गत २८ बैशाखमा उनको कोभिड–१९ को उपचारको क्रममा काठमाण्डौं स्वयम्भु स्थित मनमोहन अस्पतालमा निधन भएको थियो ।

‘नेपालको कम्युनिष्ट आन्दोलनमा कमरेड पशुपति चौलागाई एक इमान्दार र कर्तव्यनिष्ठ संगठक थिए । उनको सादगीपुर्ण व्यवहार र जिवनशैली सवै कार्यकर्ताहरुको लागि अनुकरणीय थियो । उनले लामो समय संघमा रही नेपालको युवा आन्दोलनमा महत्वपुर्ण योगदान गरेका थिए’ शाहीद्धारा जारी बक्तव्यमा उल्लेख गरिएको छ ।
चौलागाई २०५४ चैत्र देखी २०५७ मंसिर सम्म संघको नेतृत्वमा रहेर राष्ट्रियता, जनजिविका र सामाजिक परिवर्तनका सवालहरु एवं शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा लगायतका युवाका समस्याहरुमा प्रभावकारी अभियान एवं कार्यक्रमहरु संचालन गरेका थिए । उनको निधनले नेपालको कम्युनिष्ट आन्दोलनले एक आदर्शवादी नेतृत्व र युवा आन्दोलनले प्रेरक व्यक्तित्व गुमाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस