बडा दसैँको दोस्रो दिन : आज शक्ति स्वरुपा ब्रह्मचारिणीको पूजा गरिँदै

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ आश्विन २५, बिहिबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असोज २५, काठमाडौं । आश्विन नवरात्रको दोस्रो दिन अर्थात बडा दसैँको दोस्रो दिन बिहीबार माता दुर्गाको दोस्रो शक्ति स्वरुप ब्रह्मचारिणीको पूजा गरेर मनाईँदैछ ।

यो माता दुर्गाको दोस्रो स्वरूप हो। ब्रहृम शब्दको अर्थ तपस्या हुन्छ। तपको आराधना गर्ने देवी भनेर यिनलाई ब्रहृमचारिणी भनिएको हो। यो देवीको दायाँ हातमा जपको माला र बायाँ हातमा कमण्डलु हुन्छ। देवीको उपासना गर्नाले मानिसमा तप, त्याग, वैराग्य, सदाचार, संयम बढ्दै जाने उसलाई विजय हात लाग्ने विश्वास गरिन्छ।

माता ब्रह्मचारिणी देवीको कृपाले तपस्वीको सर्वत्र सिद्धि र विजय प्राप्त हुने मान्यता रहेको छ । आजको दिन विवाह नभएका कुमारीहरुको पूजा गर्ने प्रचलन छ । कन्याहरुलाई घरमा बोलाएर पूजा गरी भोजन गराएपछि मात्र आफूले खाने चलन रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस