अर्थमन्त्री पौडेलको पहिलो निर्णय : अक्सिजन प्लान्ट राख्न ३ अस्पताललाई ५ करोड ८३ लाख दिने !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ बैशाख ३१, शुक्रबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख ३१, काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका छन् । नियुक्तपछि पौडेलले आफ्नो पहिलो निर्णय कोभिड सम्बन्धी गरेका हुन् ।

पौडेलले अर्थमन्त्री पदमा पुनस्शपथ ग्रहण गरेपछि अक्सिजन प्लान्ट र पाइपलाइन जडान गर्न डडेल्धुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगन्जलाई ५ करोड ८३ लाख २४ हजार उपलब्ध गराउने निर्णय गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस