नुवाकोट त्रिशुली अस्पतालमा धादिङका २ कोरोना संक्रमितको मृत्यु !

Post Thumbnail

जेठ १, काठमाण्डौ । नुवाकोटको त्रिशुली अस्पतालमा उपचाररत धादिङका २ कोरोना संक्रमितको मृत्यु भएको छ । धादिङ अस्पतालमा अक्सिजन अभावका कारण नुवाकोट रिफर गरिएका नीलकण्ठ नगरपालिका २ निवासी ८४ वर्षिय पुरुष र नीलकण्ठ नगरपालिका ३ निवासी ५३ वर्षिय महिलाको मृत्यू भएको हो ।

जिल्ला अस्पताल धादिङका अनुसार धादिङ अस्पतालमा अक्सिजन अभाव भएकोले उहाँहरुलाई रिफर गरिएको थियो । नुवाकोट पुर्याउँदा समेत बचाउन नसकिएको हो । शुक्रबार पनि धुनीबेसी नगरपालिकामा ५१ वर्षिय पुरुषको मृत्यु भएको थियो । यो सँगै धादिङमा कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस