दुई अरबको लगानीमा दक्षिण एसियाकै पहिलो स्काईवाक टावर बन्दै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ आश्विन २५, बिहिबार (५ साल अघि)
  • १० पटक पढिएको
Post Thumbnail

असोज २५,काठमाडौा । वण्डर्स नेपालले २ अरबको लगानीमा दक्षिण एसियाकै पहिलो स्काई वाल्क टावर बनाउने भएको छ । उक्त टावर राजधानीको कमलादीमा रहेको शान्तिकुञ्जमा रहेको १३.२ रोपनी जग्गामा बनाईने भएके हो । राजधानीमा बुधबार होटल र्याडिसनमा आयोजित कार्यक्रममा आगामी ३ बर्षमा निर्माण सम्पन्न हुने योजना सहितको परिकल्पना दृष्य समाग्री समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले मुलुकलाई सम्बृद्धीमा लैजान सामुहिक संकल्प आवश्यक रहेको भन्दै युवाहरुको योजनालाई सरकारले सहयोग गर्ने बताएका थिए । बर्तमान सरकारले लिएको सम्बृद्धीको यात्रामा यो परियोजनाले महत्वपुर्ण टेवा दिने उनको भनाई थियो । सोही कार्यक्रममा प्रदेश नम्बर ३ का भौतीक योजनामन्त्री केशव स्थापितले व्यस्त सहरमै निर्माण गरिने स्काई वाल्क टावरको लागी सरकारले आवश्यक पुर्वधार र सहजीकरण गर्ने बताए ।

कार्यक्रममा आफ्नो भनाई राख्दै पुर्वअर्थमन्त्री डा.रामशरण महतले सम्बृद्धीको लागी उद्यमशिलता,नवप्रवर्तन र सिर्जनात्मकता आवश्यक पर्ने भन्दै वण्डर्स नेपालले अघि सारेको आयोजना राष्ट्रिय हित अनुरुप भएकोले सबैले उत्साह दिन पर्ने बताए । उनले टावर बनेपछि हुने ट्राफिक चापलाई आवश्यक व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गरे । वण्डर्स नेपालका अध्यक्ष तथा ईञ्जिनियर समेत रहेका आर्कषण पोखरेलले स्काई वाल्क टावर नेपालको अर्को परिचय हुने अनलाईन केन्द्रलाई जानकारी दिए ।

उनले भने-‘यो नेपालको लागी महत्वपुर्ण आयोजना हो । हामी जुझारु युवाको सोचले यो परियोजना अघि सरेको छ, यसमा सबैको साथ रहने अपेक्षा छ, ।’ उनले नेपाललाई सगरमाथा र बुद्धको देश भनेर चिनीदै आएको मा अव अर्को परिचयको रुपमा दक्षिण एसियाकै पहिलो स्काई टावरको देश भनेर चिनेने बताए । कम्पनीले यसअघि नेपालका विभिन्न १० स्थानमा स्काई वाल्क टावरको निर्माण र सम्भावनाबारे अध्ययन गरी काठमाडौँलाई छनोट गरेको बताएको छ । उक्त टावर सय मिटरको उचाईमा रहनेछ भने त्यहाँ सुविधा सम्पन्न पार्किङसहित व्यवसायिक कम्प्लेक्स रहने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस