एनसेल, डिसहोम र प्रभु डिजिटलको आईपिओ आउँदै [बिस्तृत जानकारीसहित]

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ जेष्ठ २, आईतबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

जेठ २, काठमाण्डौ । देशका ठूला तीन कम्पनी सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशनको तयारीमा रहेका छन् । दुरसञ्चार क्षेत्रको सेवा प्रदायक कम्पनी डिश मिडिया नेटवर्क (डिसहोम), दुरसञ्चार सेवा प्रदायक कम्पनी अन्तर्गत रहेर पब्लिक कम्पनीमा गएका प्रभु डिजिटल र एनसेलले पनि आईपीओ निष्काशन गर्ने तयारी गरिरहेका हुन् ।

कम्पनी ऐन अनुसार पब्लिक कम्पनीमा गइसकेको कम्पनीहरुले सर्वसाधारणहरुका लागि आईपीओ निष्काशन गर्नुपर्ने हुन्छ । डिस होमले सोही ऐन अनुसार आईपीओ जारी गर्न आवश्यक कागजात तयार पाररिसेकेको बताएको छ । मिडियाका प्रबन्ध निर्देशक सुदीप आचार्यले आईपीओ जारी गर्न आवश्यक कागजातहरु नेपाल धितोपत्र बोर्ड (सेवोन) मा पठाइसकेकाे बताए ।

धेरै अगाडिदेखि आईपीओ जारी गर्ने तयारी भएपनि अब भने निष्कासनको प्रक्रियामा रहेको उनको भनाई छ । उनका अनुसार विदेशी लगानीकर्तालाई सबै प्रक्रिया बुझाउँदा केही समय लागेको हो । सर्वसाधारणलाई सेयर जारी गर्न विदेशी लगानीकर्तालाई सबै प्रक्रिया बुझाएर आवश्यक कागपत्र तयार पार्ने काम सुरु भएकाे उनकाे भनाई छ ।

डिस होम कम्पनी २०७४ असार १८ गते पब्लिक कम्पनीमा परिणत भएसँगै लामो समयदेखि आईपीओ निश्कासन गर्ने तयारी भइरहेको भनिएपनि हालसम्म सेयर जारी गरेको थिएन । अब भने आईपीओ जारी गर्ने अन्तिम चरणमा पुगेकाे हाे ।

२ अर्ब रुपैयाँको चुक्ता पुँजी रहेको यस कम्पनीको सञ्चालक समितिमा चुक्ता पुँजीको २० प्रतिशत आइपीओ निष्काशन गर्ने प्रस्ताव यस अघि नै भइसकेको छ । जसअनुसार कम्पनीले ४० करोड रुपैयाँ बराबरको आईपीओ ल्याउन सक्नेछ । कम्पनीमा हाल ५३ प्रतिशत स्वदेशी र ४७ प्रतिशत विदेशी लगानी रहेको छ ।

यस्तै, दुरसञ्चार सेवा प्रदायक कम्पनी अन्तर्गत रहेर पब्लिक कम्पनीमा गएका प्रभु डिजिटल र एनसेलले सर्वसाधारणलाई आइपीओ जारी गर्ने तयारी गरेका छन् । प्रभु डिजिटल र एनसेलका अधिकारीहरु आइपीओ जारी गर्न आवश्यक तयारीमा लागेको भन्दै छिट्टै जारी गर्ने बताउँछन् ।

प्रभु ग्रुप अन्तर्गतको प्रभु डिजिटल प्रालिले पब्लिक कम्पनीको स्वीकृती पाएसँगै यो पनि आईपीओ जारी गर्ने तयारीमै छ । दूरसञ्चार प्राधिकरणले गत असोजमा प्रभु डिजिटल प्रालिको सट्टामा प्रभु डिजिटल लिमिटेड राखी प्राईभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा परिवर्तनको लागि अनुमति दिएको थियो

प्रभु ग्रुप अन्तर्गतको कम्पनीले २०७४ साल कात्तिक ७ गतेदेखि अनुमतिपत्र लिई इन्टरनेट सेवा सञ्चालन गरिरहेको छ । यसका साथै कम्पनीले टेलिभिजन, आइपिटिभी र ओटिटी सेवा समेत संचालन गरिरहेको छ । हालसम्म कतिको सेयर निष्काशन गर्ने भन्ने बारे भने कम्पनीले खुलाएको छैन ।

यस्तै, १० करोड चुक्तापूँजी रहेको एनसेलले शेयर जारी गर्ने प्रक्रियामा अगाडि बढाएको छ । एनसेलले हाल सेयर निष्काशन गर्नको लागि धितोपत्र बोर्ड र नेपाल दूरसञ्चार प्राधिकरणसँग समन्वय गरिरहेको बताएको छ । यद्यपी कम्पनीले कति सेयर निष्काशन गर्ने हो भन्ने बारे हालसम्म खुलाएकाे छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस