नागरिक लगानी कोषको सेयर १३ सय ६६ रुपैयाँमै किन्ने अवसर !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ जेष्ठ २, आईतबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ २, काठमाडौं । नागरिक लगानी कोषको साढे ३ लाख कित्ता संस्थापक सेयर लिलामी विक्री आजदेखि खुला भएको छ । एनआइसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको कोषको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक सेयर लिलामी मार्फत बेच्न लागेको हो ।

कोषको सेयर यसअघि पनि लिलामीमा ल्याइएको भए पनि विक्री हुन नसकेपछि फेरि लिलामीमा ल्याइएको हो ।यस लिलामी सेयरमा कम्पनीकै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य तोकी आवदेन दिनुपर्नेछ । कोषको लिलामी सेयरको न्यनूतम मूल्य प्रतिकित्ता १३६६ रुपैयाँ तोकिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस