नेप्सेमा साताको पहिलो दिन : ५४.२६ अंकले बढ्यो, १० अर्ब ४० करोडको कारोबार !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ जेष्ठ २, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ २, काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साताको पहिलो दिन आज दोहोरो अंकले बढेको छ । आज नेप्से ५४.२६ अंकले बढेर दुई हजार सात सय ३८ दशमलब ३५ विन्दुमा थामिएकोे छ । त्यस्तै, आज १० अर्ब ४० करोड ३८ लाख ७९ हजार बराबरको कारोबार भएको छ भने आज नौ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा रु रु जलविद्युत परियोजना, शिखर इनस्योरेन्स कम्पनी, समता घरेलु लघुवित्त वित्तिय संस्था, प्रोग्रेशिभ फाइनान्स कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंक, बरुण हाइड्रोपावर कम्पनी, आईएमई जनरल इन्स्योरेन्स, बिशाल बजार कम्पनी र सिन्धु विकास बैंक रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस