नागरिकको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न मातहतका निकायलाई निर्देशन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ जेष्ठ २, आईतबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ २, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न मातहतका निकायलाई निर्देशन दिए । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र सीसीएमसीको आइतवार सिंहदरबारमा बसेको विशेष बैठकमा प्रधानमन्त्री ओलीले प्रक्रियामा अल्झिएर र आर्थिक स्रोतको अभावमा कुनै पनि नागरिकको ज्यान जाने अवस्था सिर्जना हुन नदिन निर्देशन दिएका हुन् ।

उनले झन्झटिला प्रक्रिया छोट्याएर, कानुन मिलाएर, प्रक्रिया मिलाएर भए पनि हर हालतमा नागरिकको जीवन रक्षामा जुट्न निर्देशन दिएका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस