बागमती प्रदेशमा कोरोना संक्रमणबाट ८१ जनाको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ ४, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ४, काठमाण्डौ । पछिल्लो २४ घण्टामा बागमती प्रदेशमा कोरोनाभाइरस संक्रमणबाट ८१ जनाले ज्यान गुमाएका छन् । ललितपुर र भक्तपुरमा ११–११ जनाको मृत्यु भएको छ भने मकवानपुरमा २, काभ्रेमा ६, दोलखामा ३, धादिङमा ४ र चितवनमा १० संक्रमितको मृत्यु भएको छ ।

यसैगरी रामेछाप नुवाकोट र सिन्धुपाल्चोकमा १–१ जनाले ज्यान गुमाएका छन् । बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा १० हजार ८१७ जनाको परीक्षण भएकामा ३ हजार ६२२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ३ हजार १७२ जना संक्रमणमुक्त भएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस