कांग्रेस सभापति देउवा भन्छन्-‘सरकारको ध्यान कमिसनमा मात्रै छ’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ जेष्ठ ४, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ४, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रीको ध्यान कमिसनमा मात्रै रहेको आरोप लगाएका छन् । उनले सरकारलाई पनि कमिसनको लोभ रहेको बताए । अहिले सरकारले अक्सिजन र भ्याक्सिन खरिद कसरी गर्ने भन्दा पनि त्यसमा कमिसन खानलाई लागिपरेको समेत देउवाको भनाई छ ।

उनले अहिले स्वास्थ्य संकटकाल लगाउन आवश्यक नरहेको र कांग्रेसले त्यस्तो माग नगर्ने पनि बताएका छन् । कांग्रेसको कोभिड– १९ अनुगमन समितिले सोमबार बागमती प्रदेशमा कोभिडको अवस्था र कांग्रेसको भूमिका विषयक भर्चुअल संवादमा देउवाले कांग्रेसले भ्याक्सिन खरिदका लागि सरकारलाई पटक–पटक ध्यानाकर्षण गराइरहेको बताए । आफूहरुले सक्दो छिटो अक्सिजन र भ्याक्सिन ल्याउन आवाज उठाइरहे पनि सरकारले नसुन्ने गरेको उनको भनाई छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस