शेयर बजारमा ऐतिहासिक रेकर्ड, अहिलेसम्मकै सबैभन्दा धेरै कारोबार !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ जेष्ठ ४, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ४, काठमाडौं । मंगलवार नेपाली बजारमा अहिलेसम्मकै धेरै कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार ११ अर्ब बढीको कारोबार भएको छ । नेप्सेका अनुसार आज शेयर बजारमा ११ अर्ब ३५ करोड, ९३ लाख, ६० हजार ९२ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै आज २ करोड, ३१ लाख, ३१ हजार, ६ सय १५ कित्ता शेयर कारोबार भएको छ । अहिलेसम्मकै उच्च अंकले वृद्धि भएको शेयर बजारमा नेप्से परिसुचक ३४ दशमलव ६८ अंकले वृद्धि भई २ हजार ७ सय ९३ दशमलव ८९ बिन्दुमा पुगेको छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस