धुनिवेशी नगरको आइसोलेशन सेन्टरमा जे देखियो…..के-के छन् सुबिधा ?

Post Thumbnail

जेठ ५,खानीखोला । धादिङको धुनिवेशी नगरपालिकाले २० वेडको अक्सिजनसहितको आईसोलेसन निर्माण गरेको छ । नेपालमा नयाँ भेरियन्टसहितको कोरोना भाईरस कोभिड १९ संक्रमण तिब्र रुपमा फैलिन थालेसँगै मृतक तथा संक्रमित पनि बढीरहेका छन् । महामारीबाट अछुत कुनै पनि जिल्ला छैनन् । यसकारण पनि सबै पालिकाहरुले पुर्ब तयारी गरिरहेको अबस्थामा धुनिवेशी नगरपालिकाले पनि आईसोलेसन निर्माणलाई सम्पन्न गरेको छ ।

नगरपालिकाभित्र कुनै पनि बिरामीलाई असहज नहुने किसिमले काम भईरहेको छ । नगरपालिकाले कोरोनाका बिरामी तथा शंका लागेका ब्यक्तिहरुलाई अस्पतालसम्म लैजानको लागी एम्बुलेन्स तयारी अबस्थामा राखिएकोृ छ । अझै अपुग भएमा नगर प्रमुख बालकृष्ण आचार्य, उपप्रमुख निरु खरेल चढ्ने गाडी समेत प्रयोगमा ल्याउने नगरपालिकाले जनाएको छ । यो महामारीमा सबै मिलेर कोरोना परास्त गर्न तर्फ अगाडी बढ्नुपर्ने नगरपालिका प्रमुख बालकृष्ण आचार्य बताउँछन् । नगरपालिकामा बिरामीको लागी कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत उनले जनाए ।


आईसोलेसन निर्माणका लागी नगरपालिकाले बिभिन्न ठाउँबाट अक्सिजनको ब्यबस्था गरि अहिले नगरपालिका वडा नम्बर ७ अमरेचौरस्थित मछिन्द्र बहुमुखी क्याम्पसको भवनमा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको हो । आइसोलेसन सेन्टरमा नेपाल रेडक्रस सोसाइटी धुनीबेशी धादिङको तर्फबाट १० थान कम्बल, ५ थान ब्लाङकेट र सरसफाइ सामाग्री समेत प्राप्त भएको छ ।

यतिबेला सबैखाले व्यवस्था हामीले गरेका छौ । तयारी अघि भएपनि एक हप्तादेखी निरन्तर सक्रियता रह्यो । केहि सिलिन्डर ग्यारेजबाट केहि सिलिन्डर कम्पनीबाट, केहि स्थानीयबाट संकलन गरि ४६ ओटा अक्सिजन सिलिन्डरको व्यवस्था गरेका छौं । नगरप्रमुख आचार्यले बिरामीलाई सहज हुँदासम्म घरमै बस्न आग्रह गरे । उनले अप्ठ्यारो अवस्थामा नगरपालिकाले तयार पारेको आइसोलेशेनमा सम्पर्कमा रहन आग्रह गरेका छन् । नगरमा अहिलेसम्म कोरोना भाइरसका बिरामी सामान्य अबस्थामा रहेको उनले बताए । संक्रमितको अबस्थाबारे नगरले निरन्तर अपडेट गरीरहेको उनको भनाइ थियो । नगरले निरन्तर २ जना स्वस्थकर्मी २४ घन्टा रहने व्यवस्था रहेको छ । उनले आइसियु र भेण्टिलेटर चाहिने बिरामीलाई आइसोलेशन कक्षबाटै राजधानीका अस्पतालमा सम्पर्क गरेर पठाउने सम्मको तयारी रहेको उनले बताए ।

धादिङको धुनिबेशीमा कोरोना सँक्रमणका कारण २ जनाको हिजो मृत्यु भयो । धुनिबेशी नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार वडा नम्बर ३ र वडा नम्बर ८ का पुरुषको कोरोना सँक्रमणका कारण मृत्यु भएको हो । यो सहित धादिङमा मँगलबार ५ जनाको मृत्यु भएको थियो । जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सँख्या ३३ पुगेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस