नेपाली कांग्रेसका महासमिति सदस्य गजेन्द्र प्रकाश मल्लको निधन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ जेष्ठ ५, बुधबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

जेठ ५, पोखरा । नेपाली कांग्रेसका महासमिति सदस्य गजेन्द्र प्रकाश मल्लको निधन भएको छ । उनको ७३ वर्षको उमेरमा मंगलबार निधन भएको हो । उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । हालैमात्र कोरोना संक्रमण भएर पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा उनको निधन भएको हो ।

स्वर्गीय मल्ल ‘क’ वर्गका प्रतिष्ठित निर्माण व्यवसायी, नेपाली कांग्रेस स्याङ्जाका पूर्व जिल्ला कोषाध्यक्ष तथा समाजसेवी पनि थिए । मल्लले दुई पटक जिल्ला विकास समितिको सदस्य, निर्माण व्यवसायी संघका केन्द्रीय सदस्य, निर्माण व्यवसायी संघ स्याङ्जाका संस्थापक अध्यक्ष भएर काम गरेका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस