शेयर बजारमा आज सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम, नेप्से १३.०९ अंकले घट्यो !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ जेष्ठ ५, बुधबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ ५, काठमाडौं । नेप्सेमा आज सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । आज नेप्सेमा ११ अर्ब ९५ करोड ८० लाख बराबरको करोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यसअघि हिजो मंगलबार नेप्सेमा ११ अर्ब ३५ करोड ९३ लाख बराबरको करोबार भएको थियो ।

आज नेप्से नेप्से १३.०९ अंकले घटेर दुई हजार सात सय ८० दशमलब ८१ विन्दुमा थामिएको छ । हिजो मंगलबार नेप्से ३४.६८ अंकले बढेर दुई हजार सात सय ९३ दशमलब ८९ विन्दुमा पुगेको थियो । त्यस्तै, आज कारोबार भएका ८ वटा समूह घटेका छन् भने अन्य समूह बढेका छन् । घटेको बजारमा सात कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस