सरकारले तोक्यो कोरोनाको निःशुल्क उपचार हुने ३० अस्पताल !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ ६, बिहिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ ६, काठमाण्डौ । सरकारले कोरोना संक्रमितको उपचारका लागि थप ३० ओटा निजी तथा सामुदायिक अस्पताल तथा मेडिकल कलेजहरूको नामावली सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै तोकिएका ६ ओटा प्रदेशका अस्पतालहरुमा कोरोनाको निःशुल्क उपचार हुने बताएको छ ।

कोरोनाको निःशुल्क उपचार गरिने अस्पतालहरूमा प्रदेश १ मा नोबेल मेडिकल कलेज शिक्षण अस्पताल, प्रदेश २ मा नेशनल मेडिकल कलेज विरगन्ज र जानकी मेडिकल कलेज जनकपुर रहेका छन् । यसैगरी बागमती प्रदेशमा सिभिल सर्भिस हस्पिटल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स भरतपुर, नेपाल मेडिकल कलेज, नेशनल मेडिकल कलेज, जोरपाटी, पिपुल्स डेन्टल कलेज एण्ड डेन्टल हस्पिटल, वि।पि। कोइरला मेमोरियल क्यान्सर हस्पिटल, चितवन, काठमाडौँ नेशनल मेडिकल कलेज, घट्टेकुलो, महेन्द्र नारायण निधि मेमोरियल हस्पिटल बसुन्धरा, सुम्मित हस्पितल रहेका छन् ।

त्यस्तै, बागमती प्रदेशकै हेल्पिङ ह्याण्डस् कम्युनिटी हस्पिटल, चावाहि, नेपाल भारत जनमैत्री हस्पिटल, मित्रपार्क, बज्रबाराही चापागाउँ हस्पितल, आनन्दवन हस्पिटल, ललितपुर, काठमाडौँ युनिभर्सिटी स्कुल अफ मडिसिन साइन्स, काठमाडौँ मेडिकल कलेज, सिनामंगल र मेडिकेयर हस्पिटल, चावाहिलमा निःशुल्क उपचार हुनेछ ।

यसैगरी गण्डकी प्रदेशमा गण्डकी मेडिकल कलेज, पोखरा र मनिपाल कलेज अफ मेडिकल साइन्स पोखरा तथा लुम्बिनी प्रदेशमा युनिभर्सल कलेज आपफ मेडिकल साइन्स र रेसुङ्गा हस्पिटल, गुल्मी रहेको छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस