गगन थापा भन्छन्-‘राष्ट्रपतिलाई महाअभियोग लगाउनुपर्छ’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ जेष्ठ ७, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ७, काठमाडौ । काँग्रेस नेता गगनकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन माग गरेका छन् । विहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिस अनुसार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि शुक्रबार ५ बजेसम्मको समय दिएपछि उनको व्यापाक विरोध भइरहेको छ ।

प्रधानमन्त्रीले राजीनामा पनि नदिएको र पदमुक्त पनि नभएको अवस्थामा सरकारकै सिफारिसमा नयाँ सरकारका लागि राष्ट्रपतिबाट प्रक्रिया शुरु भएपछि नेतादेखि कानुनका जानकारहरुले समेत राष्ट्रपतिको यो कदम संविधानसम्मत नभएको प्रतिक्रिया दिएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस